२०८३ बैशाख १५ गते , मंगलबार
गणेश सिकाई केन्द्रद्वारा बिर्तामोडका ६ विपन्न परिवारलाई स्वास्थ्य सामग्री
भद्रपुर । बिर्तामोड नगरपालिका ८ स्थित गणेश सामुदायिक सिकाई केन्द्रले नगरपालिका भित्रका करिब ६ सय घरपरिवारलाई कोभिड -१९ महामारीबाट बच्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बिर्तामोड ८ नम्बर वडा कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच वडा नम्बर ७ , ८ र ९ का विपन्न ६ सय घरधुरीलाई कोभिडको महामारीबाट बच्न र बचाउन सहयोग पुर्याउने उद्देश्यले मास्क, सेनीटाईजर, साबुन लगायतका विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्षहरू अजय कार्की र पवित्रा पाठकले वडा भित्रका विपन्नहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेर केन्द्रले उल्लेखनीय कार्य गरेकोमा प्रशंसा गरेका थिए । केन्द्रका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा सचिव विजय तिम्सिनाले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण अनिल गौतमले गरेका थिए ।