२०८३ बैशाख १५ गते , मंगलबार

झापाको हल्दिवारीमा खुला व्यायामशाला 

sajilo news
पार्थ मण्डल
२०७८ असार ३१ गते , विहीबार
झापाको हल्दिवारीमा खुला व्यायामशाला 

झापा । ‘गाउँवासीको स्वस्थ जीवन प्रवर्धन अभियान’ अन्तर्गत झापाको हल्दिवारी गाउँपालिकामा खुला व्यायामशाला सञ्चालनमा आएको छ ।
युवा तथा ज्येष्ठ नागरिकलाई समेत लाभान्वित हुने गरी हल्दिवारी – ५ स्थित शान्ति प्राथमिक विद्यालयमा निर्माण गरिएको खुला व्यायामशालाको व्यायामशालाको उद्घाटन प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार लिङ्देनले गरेका छन् ।  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाले व्यायामशाला निर्माण गरेको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख, जनसहभागिताबाट तीन लाख ६५ हजार गरी १८ लाख २८ हजार तीन सय ६८ रुपैयाँको लागतमा व्यायामशाला निर्माण गरिएको हो । त्यसमा साढे ३७ हजार कन्टिजेन्सीको योगदान रहेको बताइएको छ ।
व्यायामशालामा विभिन्न आधुनिक उपकरण राखिएको छ ।

सबै उमेर समूहका स्थानीयले व्यायामशाला प्रयोग गर्न सक्नेछन् । स्वस्थ जीवन प्रवर्द्धनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष लिङ्देनले बताए ।  गाउँपालिकाले निर्माण गरेको व्यायामशालामा छानोको भने अभाव छ । छानो नहुँदा पानी परेका बेला भने व्यायाम गर्न असुविधा हुने स्थानीयले बताएका छन् । हल्दिबारीमा स्थापना गरिएको यस प्रकारको व्यायामशाला झापा क्षेत्र नम्बर–३ मा पहिलो भएका बताइएको छ

सम्बन्धित समाचार