२०८३ बैशाख १९ गते , शनिबार
थपिए २६७६ नयाँ कोरोना संक्रमित, ३३ जनाको मृत्यु
झापा । देशभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणमा ८ सय ९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो।
बितेको २४ घण्टामा १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट थप ३३ जनाको ज्यान गएको छ। हालसम्म कुल ९ हजार ४ सय ६३ जनाको ज्यान गइसकेको छ।