२०८३ बैशाख ५ गते , शनिबार

गौरादहमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार ३१ गते , विहीबार
गौरादहमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

झापा । झापाको गौरादहमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका– ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया  बस्ने ४० वर्षीया सङ्गीता टुडु छिन्।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले सङ्गीताको शव गौरादह– १ स्थित उधिम कृषि सहकारीले खेतमा बनाएको टहरामा बिहीबार बिहान फेला परेको जानकारी दिए।

प्रहरीका अनुसार ३९ वर्षीय उत्तिम ऋषिदेव र सङ्गीताबीच घरायसी विवाद भएको खुलेको छ। कुटपिटका क्रममा उनको सोही टहरामा मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए। घटनामा संलग्न उत्तिम फरार रहेकोले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार