२०८३ बैशाख ५ गते , शनिबार

भद्रपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १ गते , शुक्रबार
भद्रपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

भद्रपुर ।  लागु औषध ब्राउन सुगरसहित भद्रपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ निवासी २२ वर्षीय चन्दन रजक रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार अपराह्न साँढे ४ बजे देउनियाँ पुल छेउमा उनलाई नियन्त्रणमा लिएर चेकजाँच गरेका थिए । प्रहरीले उनको साथबाट  १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर फेला पारेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । 

सम्बन्धित समाचार