२०८३ बैशाख ४ गते , शुक्रबार

देउवा सरकारका तीन प्राथमिकता : खोप, खोप र खोप

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३ गते , आईतबार
देउवा सरकारका तीन प्राथमिकता : खोप, खोप र खोप

काठमाडौं । नेपाली काग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सरकाका तीन वटा प्राथमिकता रहेको बताएका छन् । आइतबार संसदमा सासदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सरकारका तीन वटा प्राथमिकतामा खोप, खोप र खोप रहेको बताएका हुन । 

ससदमा विभिन्न दलका सासदहरुले विकास, बन्दी छुटाउने र बाढी लगायतका विषयमा सरकारले काम नगरेको आरोप लगाएपछि प्रधानमन्त्री देउवाले सरकार सबै प्राथमिकता छोडेर खोप ल्याउने र सबै जनतालाई खोप लगाउने अभियानमा लागेको बताए । 

प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् ।प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए

सम्बन्धित समाचार