२०८३ बैशाख १५ गते , मंगलबार

झापामा ९ दिनको अन्तरालमा आमा-छोराको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ४ गते , सोमबार
झापामा ९ दिनको अन्तरालमा आमा-छोराको मृत्यु 

झापा । झापाको दमकमा ९ दिनको अन्तरालमा आमा छोराको मृत्यु भएको छ । दमक १० निवासी ५५ वर्षीय होमप्रसाद आङ्वोको कोरोना भाइरस सङ्क्रमणका कारण आइतबार दिउँसो मृत्यु भएको हो । नौ दिनअघि मात्र उनकी ७६ वर्षीया आमा विष्णुमाया आङवोको अचानक घरमै मृत्यु भएको वडाध्यक्ष बोधराज न्यौपानेले बताए । वडाभित्र यस्ता दुखद घटना विरलै मात्र हुने गरेको उनले बताए ।
उनका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु भएका आङवो कृषि क्षेत्रका अगुवा मानिन्थे । सामान्य लक्षण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई शनिवार मात्र बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको र हिजो दिउँसो १ बजेतिर उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष न्यौपानेले बताए । मृतकको हिजो साँझ नै कनकाई नदीमा दाहसंस्कार गरिएको थियो ।मृतक आङवोका एक श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् 

सम्बन्धित समाचार