२०८३ बैशाख १५ गते , मंगलबार

थपिए २४४५ नयाँ कोरोना संक्रमित, ३२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ४ गते , सोमबार
थपिए २४४५ नयाँ कोरोना संक्रमित, ३२ जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय ११ हजार ६ सय ६४ जनामा कोरोना परीक्षण गर्दा थप दुई हजार चार सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या ९ हजार पाँच सय ८२ पुगेको छ। एक हजार दुई सय ५८ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा तीन सय ३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ गरी उपत्यकामा कूल चार सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिनयता ओरालो लाग्न थालेको कोरोना मृत्युदर भने बढेको छ। 

सम्बन्धित समाचार