२०८३ बैशाख १५ गते , मंगलबार

कोरोना संक्रमणदर उकालो लाग्यो, एकै दिन भेटिए ३१ सय बढी संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ५ गते , मंगलबार
कोरोना संक्रमणदर उकालो लाग्यो, एकै दिन भेटिए ३१ सय बढी संक्रमित

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमणदर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३ हजार एक सय ३५ जनाको कोरोना परीक्षण गर्दा थप तीन हजार एक सय ८ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ जना पुगेको मन्त्रालयले जनाएको छ। एक हजार पाँच सय ९५ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा पाँच सय ३१, भक्तपुरमा ४१ र ललितपुरमा एक सय ४७ गरी उपत्यकाभित्र सात सय १९ जनामा संक्रमण पुष्टि भएको छ। गत सोमबार २४ सय ४५, आइतबार १८ सय १, शनिबार १८ सय ७५, शुक्रबार २९ सय ३६, बिहीबार २६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सम्बन्धित समाचार