२०८३ बैशाख १५ गते , मंगलबार

भद्रपुरका माओवादी नेता राईको कोरोना सङ्क्रमणबाट मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ५ गते , मंगलबार
भद्रपुरका माओवादी नेता राईको कोरोना सङ्क्रमणबाट मृत्यु 

भद्रपुर । माओवादी केन्द्र भद्रपुर नगरपालिका-४ नम्बर वडा अध्यक्ष दीपककुमार राई कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भद्रपुर- ४ रंगियाडाडा निवासी अन्दाजी ५२ बर्षीया राईको उपचारको क्रममा सोमबार बिर्ता सिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । राई भद्रपुर ४ नम्बर वडा कार्यालयका मेलमिलाप समितिका संयोजक समेत थिए ।

गत असार २५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दिन मेची अस्पतालमा भर्ना गरिएको थियो । ६ दिनपछि थप उपचारका लागि उनलाई बिर्ता सिटी लगिएको र त्यहाँ उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनलाई आजै मायालु सामुदायिक वनमा दाहसंस्कार गरिएको छ । 

सम्बन्धित समाचार