२०८३ बैशाख १९ गते , शनिबार

थपिए २८३८ नयाँ कोरोना संक्रमित, ३० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ६ गते , बुधबार
थपिए २८३८ नयाँ कोरोना संक्रमित, ३० जनाको मृत्यु

झापा । पछिल्लो समय देशभर थप दुई हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार ६ सय १६ जनाको कोरोना परीक्षण गरिएको थियो। २४ घण्टाभित्रमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ भने एक हजार चार सय ७५ जना कोरोना मुक्त भएका छन्। काठमाडौंमा चार सय ८०,भक्तपुरमा ७९ र ललितपुरमा एक सय २८ गरी उपत्यकाभित्र कुल ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार