२०८३ बैशाख १९ गते , शनिबार

किन एक घण्टा अवरुद्ध भयो निर्माणाधीन एसियन हाइवे ?

sajilo news
झापा
२०८३ बैशाख १९ गते , शनिबार
किन एक घण्टा अवरुद्ध भयो निर्माणाधीन एसियन हाइवे ?

बर्षाले सडक भासिएपछि अवरुद्ध भएको निर्माणाधीन एसियन हाइवे एक घण्टापछि सञ्चालनमा आएको छ । गएराति ८:१० बजे पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका-६ कुमारी चोकस्थित एसियन हाइवे बनाउने क्रमममा सडक भासिन गई सवारीसाधन आवागमनमा अवरुद्ध भएको थियो ।

जसका कारण दर्जनौं सवारी साधनलाई होल्ड गरिएको थियो । फसेका सवारी साधनहरुलाई निर्माण कम्पनीले जेसीबीको सहयोगले निकालिएको थियो । राति ९ः१५बजे होल्ड भएका सबै सवारीसाधनलाई निकाली बाटो सुचारु गराइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार