२०८३ बैशाख १९ गते , शनिबार

झापामा ३ महिनाअघि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १८ गते , शुक्रबार
झापामा ३ महिनाअघि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

झापाको झिलझिलेमा तीन महिनाअघि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गत माघ २० गते अपराह्न करिब ३ बजे राईले १९ वर्षीया युवतीलाई ललाईफकाई गरी शिवसताक्षी–९ दुधेस्थित आफ्नै पुरानो घरमा लगी जबरजस्ती करणी गरेको थियो । 

घटनाबारे पीडित पक्षले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएको थियो। जाहेरीपछि खटिएको प्रहरी टोलीले वैशाख १६ गते दुधे चोक क्षेत्रबाट अभियुक्त कुलुङ राईलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई वैशाख १७ गते झापा जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । 

सम्बन्धित समाचार