२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुरमा ७९ जनाले गरे रक्तदान

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ६ गते , बुधबार
भद्रपुरमा ७९ जनाले गरे रक्तदान

भद्रपुर । भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत सङ्कलन भएको छ । रोटरी क्लब अफ भद्रपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा, रोट्र्याक क्लब अफ भद्रपुर र इनर व्हील भद्रपुरको सहकार्यमा बुधवार भएको कार्यक्रममा ७९ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेमा ९ जना महिला छन् । रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विगत ओझाको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र भद्रपुरको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित समाचार