२०८३ बैशाख १५ गते , मंगलबार

थपिए २७१४ नयाँ कोरोना संक्रमित, २४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ७ गते , विहीबार
थपिए २७१४ नयाँ कोरोना संक्रमित, २४ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ सय २९ जनामा कोरोना परीक्षण गर्दा दुई हजार सात सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ। २४ घण्टाभित्रमा एक हजार दुई सय ८८ जना कोरोनामुक्त भएका छन्।
काठमाडौं उपत्यकाभित्र सात सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ३६,भक्तपुरमा ८५ र ललितपुरमा एक सय ३० जना भेटिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार