२०८३ बैशाख १९ गते , शनिबार
कोरोना : झापामा थप पाँच जनाको मृत्यु, थपिए २२३ नयाँ संक्रमित
झापा । झापामा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडका दुई जना रहेका छन् । बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । त्यस्तै दमककी ३० वर्षीया महिला , गौरीगञ्जका २४ वर्षीय पुरुष र इलामका ८७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या झापामा ४२५ पुगेको छ । यसैगरी शनिवार झापाका २२३ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाका १३४ महिला र ८९ जना पुरुषलाई संक्रमण देखिएको हो । योसँगै झापामा कूल सङ्क्रमितको सङ्ख्या २० हजार ४९२ पुगेको छ । त्यसमध्ये १४ हजार ५८१ जना डिस्चार्ज भएका छन् । जिल्लामा २७९२ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।