२०८३ बैशाख २१ गते , सोमबार

देशभर थपिए २२३७ नयाँ संक्रमित, १८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १० गते , आईतबार
देशभर थपिए २२३७ नयाँ संक्रमित, १८ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा २२ सय ३७ जनामा संक्रमित थपिएका छन्। यो अवधिमा १३ हजार ८ सय ३४ जनामा गरिएको परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र दुई हजार ५० जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ जना पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकाभित्र ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचार