२०८३ बैशाख १९ गते , शनिबार
कोरोना अपडेट : थपिए २५६८ नयाँ संक्रमित, १८ जनाको मृत्यु
झापा । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ८ हजार २ सय ४ जनालाई पिसिआर र ४ हजार २ सय ३४ जना एन्टिजेनमार्फत कुल १२ हजार ६ सय ३६ परीक्षण गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यही अवधिमा २ हजार २० जना निको भएका छन्। देशभर कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८ सय ७५ पुगेका छन्।