२०८३ बैशाख १९ गते , शनिबार

दमकका व्यवसायीले भेन्टिलेटरसहित स्वास्थ्य उपकरण नगरपालिकालाई हस्तान्तरण गर्ने

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २० गते , बुधबार
दमकका व्यवसायीले भेन्टिलेटरसहित स्वास्थ्य उपकरण नगरपालिकालाई हस्तान्तरण गर्ने

दमक । कोरोना महामारी नियन्त्रणका लागि उद्योग बाणिज्य संघ दमकको अगुवाईमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य उपकरणहरु ल्याएको छ । उद्योग बाणिज्य संघ दमकका पूर्व अध्यक्ष प्रकाश प्रसाईको नेतृत्वमा गठन गरिएको अभियानले लायन्स क्लबसंगको सहकार्यमा ४१ लाख रुपैयाँभन्दा बढीका स्वास्थ्य उपकरणहरु दमक ल्याईपुर्याएको पत्रकार सम्मेलन गरेर जानकारी दिईयो ।
कार्यक्रममा अभियानका संयोजक प्रसाईंले दमकमा कोरोनाको महामारी नियन्त्रणको लागि निजी क्षेत्रको तर्फबाट पनि सहयोग पुगोस् भनेर विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगसंगै लायन्स क्लबसंगको सहकार्यमा ४१ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका स्वास्थ्य सामग्रीहरु ल्याईएको जानकारी दिए । दमक नगरपालिकालाई हस्तान्तरण गरिने उक्त सामग्रीहरुमा मास्क, भेन्टिलेटर ,कन्सन्ट्रेटर मेसिनलगायत रहेको उनले जानकारी दिए । कार्यक्रममा लायन्स लिडर अजय अग्रवालले लायन्स क्लब ईन्टरनेशनल फाउण्डेसनमार्फत महामारी नियन्त्रणको लागि सहकार्य गरिएको जानकारी दिए ।

उक्त स्वास्थ्य सामग्री खरिदको लागि उद्योग बाणिज्य संघ दमकको कोषबाट ७ लाख ७७ हजार रुपैयाँ उपलब्ध गराईएको , ८ लाख २६ हजार रुपैयाँ विभिन्न व्यक्ति तथा संस्थाहरुबाट उठाईएको र बाँकी रकम लायन्स क्लबको तर्पmबाट आएको बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । अभियानलाई सुवासचन्द्र भट्टराईले ५५ हजार रुपैयाँ, अभियानका संयोजक प्रसाई, उद्योग बाणिज्य संघ दमक अध्यक्ष श्रेष्ठ, शिवकुमार अधिकारी, सत्यनारायण चौधरी, फौदबहादुर गहतराज, अरुण भण्डारी, भगवान बस्नेत, गनबहादुर अधिकारी र दर्पण सहकारी संस्थाले ५१–५१ हजार रुपैयाँ, कुमारी बैंकले ५० हजार रुपैयाँ, उद्योग बाणिज्य संघ दमक द्वितीय उपाध्यक्ष राजकुमार योङ्या र टिकाराम खतिवडाले ३१–३१ हजार रुपैयाँ, युवराज खनाल, दमक किचन गुड्स, भरत चम्लागाईं, हरि बिमली, नविनकुमार अग्रवाल, अजय अग्रवाल, सुजता ईन्टरप्राईजेज र ओम सतासी सहकारीले २५–२५ हजार रुपैयाँ उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार