नेपाल कोरोना महामारीको तेस्रो लहरनजिक, जनस्वास्थ्यविद् भन्छन् : अनपेक्षित मान्नुपर्ने छैन
झापा । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पुनः कोरोना संक्रमणदर उकालो लाग्दै छ। साउनको पहिलो सातासम्म ५ सयजना भन्दा कम सक्रिय संक्रमित रहेका जिल्ला धेरै थिए। तर अहिले क्रमश सबैतिर संक्रमणदर बढिरहेको छ।
पछिल्लो २४ घण्टाको मात्रै संक्रमण दर हेर्दा ४ हजार बढी थपिएका छन्। अहिले बढ्दै गएको संक्रमणलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको तेस्रो लहरको नजिक रहेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी पछिल्ला दिन संक्रमणदर, अस्पतालमा भर्ना हुन आउने बिरामीको संख्याले यसलाई पुष्टि गर्ने बताउँछन्।
बढ्दो भिडभाड र जनस्वास्थ्यका मापदण्ड पालनामा भएको लापरवाहीले चुनौतीपूर्ण अवस्था ल्याउन सक्ने उनको भनाइ छ। ‘अहिले अस्पतालहरूमा जुन भिडभाड देखिन्छ। संक्रमणको जुन दर छ र त्यसमा पनि अस्पतालमा भर्ना हुन आउनेको संख्या हेर्दा संक्रमणको तेस्रो लहरको संघारमा छौँ। त्यो सुरुवात भएको छ भन्ने खालको देखाउन सक्छ। एकातिर अस्पतालको त्यो दृष्य छ, भने समुदायतिर अब सबै कोभिड सकियो। अब हामीले केही पालना गर्नु पर्दैन भन्ने हिसाबको छ,’ अधिकारीले थाहाखबरसँग भने।
आम नागरिकबाट भएको लापरबाहीका कारण पनि संक्रमण बढिरहेको उनले दाबी गरे। त्यस्तै कोरोनाविरुद्ध खोप लगाउन बस्नुपर्ने लाइनका कारण पनि संक्रमण बढाउन थप बल पुगेको उनले स्विकार गरे। डा.अधिकारीले अस्पतालको गम्भीरतालाई बुझेर समूदायमा हुने भिडभाड कम गर्नुपर्ने बताए। यता संक्रमणदरलाई लिएर जनस्वास्थ्यविद्ले पनि अनपेक्षित नभएको टिप्पणी गरेका छन्।
जनस्वाथ्यविद् डा।किरणराज पाण्डेले निषेधाज्ञा खुकुलो हुँदै गएपछि सक्रमण पनि त्यहीअनुरूप बढेको बताए। ‘अहिले बढिरहेको कोरोना संक्रमणदर त्यस्तो साह्रै अनपेक्षितचाहिँ होइन। लकडाउन खोल्दै जाँदा चहलपहल बढ्दै जाँदा मान्छेहरूको आवत–जावत बढ्यो। त्यहीअनुसार भिडभाड भयो। यो भएपछि संक्रमणदर उकालो लाग्ने नै थियो। लागि नै रहेको छ।ु
यसमा अन्यथा हुन्थ्यो भनेर अपेक्षा कसैले राखेको थियो भने पनि त्यो गलतै हुने पाण्डेले बताए। अब नयाँ भेरियन्ट आउँछ या यही भेरियन्ट पुनः बढ्छ भन्ने कुरामा डर रहेको पाण्डे बताउँछन्।
नयाँ भेरियन्ट आएमा छिटो संक्रामक हुने र संक्रमणदर ग्राफ ह्वात्तै बढ्ने खतरा रहने उनको भनाइ छ। यस्तै डा। पाण्डेले दोस्रो चरणको महामारी सकिने ज्यान अकालमा गुमाउन नपरोस् भन्नेतिर अब ध्यान केन्द्रित गर्नुपर्छ। दोस्रो लहरमै पनि धेरै व्यवस्थापन गर्न सकिन्थ्यो। तर यसपालि नयाँ भेरियन्ट नआउने हो र यहि दरमा संक्रमण माथी लाग्ने हो भनेर राम्रो व्यवस्थापन गर्न सकिन्छ,’ पाण्डेले बताए। थाहाखबरबाटआउँदाजस्तो अस्पताल, बेड र अक्सिजन अभाव बेहोर्नुपर्छ कि भन्ने त्रास पनि रहेको बताए। ‘अब यो संक्रमण त हुने नै देखिन्छ, हाम्रो बीचमा। घट्ने बढ्ने त अलिकति मात्रै हो। मान्छेहरूले यो भन्दा पहिलाजस्तो अस्पतालमा भर्ना नपाएर बचाउन