२०८३ बैशाख १९ गते , शनिबार

कोरोना अपडेट : नेपालमा मृत्यु हुनेको संख्या १० हजार नजिक, थपिए ३९३८ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २१ गते , विहीबार
कोरोना अपडेट : नेपालमा मृत्यु हुनेको संख्या १० हजार नजिक, थपिए ३९३८ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नजिक पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ९ सय ९४ पुगेको छ।  पछिल्लो केही समययता संक्रमित र मृतकको संख्या बढ्दै गएको छ। बुधबार कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको थियो।  मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बिहीबार थप १८ हजार चार सय ८ जनामा कोरोना परीक्षण गर्दा तीन हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा दुई हजार १२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार