२०८३ बैशाख १९ गते , शनिबार

कोरोना : भद्रपुरका दुईसहित झापामा चार जनाको मृत्यु, थपिए २२९ नयाँ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २६ गते , मंगलबार
कोरोना : भद्रपुरका दुईसहित झापामा चार जनाको मृत्यु, थपिए २२९ नयाँ संक्रमित
झापा । झापामा कोरोना सङ्क्रमणबाट भद्रपुरका दुईसहित चार जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा आज २२९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
सङ्क्रमणबाट भद्रपुरका ५८ वर्षीय पुरुषको मेची अस्पतालमा, दमकका ४९ वर्षीय पुरुषको मेची अस्पतालमा, भद्रपुरका ५५ वर्षीय पुरुषको मेची अस्पतालमा र अर्जुनधाराका ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४९६ पुगेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३६१ जना रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार