२०८३ बैशाख १९ गते , शनिबार

कोरोना अपडेट : थपिए ३४८१ नयाँ संक्रमित, ३० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २७ गते , बुधबार
कोरोना अपडेट : थपिए ३४८१ नयाँ संक्रमित, ३० जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९०७ र एन्टिजेनबाट ५ हजार ७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टिजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् भने थप ३० जनाको मृत्यु भएको छ । नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो । 



सम्बन्धित समाचार