२०८३ बैशाख १९ गते , शनिबार
कोरोना : झापामा मृत्यु हुनेको संख्या ५ सय नाघ्यो
झापा । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ सय नाघेको छ । हिजो कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान जानेको सँख्या ५०३ पुगेको हो ।
हिजो एकैदिन मेची अस्पतालमा तीनजनाको मृत्यु भएको छ । भद्रपुरका ७६ वर्षिय पुरुष , गौरादहका ४४ वर्षिय पुरुष र मेचीनगरका ७६ वर्षिय पुरुषको मेची अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इलामकी ७० वर्षिया महिलाको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ ।
त्यसैगरी झापामा कूल कोरोना संक्रमितको सँख्या २५ हजार नाघेको छ । जिल्लाका कूल संक्रमितको सँख्या २५ हजार ५ पुगेको हो । त्यसमध्ये १७ हजार १७५ जना डिस्चार्ज भएका छन् । अहिले ३ हजार ४४३ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।