२०८३ बैशाख १९ गते , शनिबार

हल्दिबारीका चर्चित 'नेपाल डाक्टर'को कोरोना सङ्क्रमणबाट मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २९ गते , शुक्रबार
हल्दिबारीका चर्चित 'नेपाल डाक्टर'को कोरोना सङ्क्रमणबाट मृत्यु
झापा । कोरोना भाइरस सङ्क्रमणबाट झापामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । विगत सात दिनदेखि बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचाररत हल्दिबारी गाउँपालिका १ स्थित गोलधाप निवासी ४२ वर्षीय षडानन्द नेपालको उपचारका क्रममा शुक्रवार बिहान ३ बजे मृत्यु भएको हो ।
औषधि पसलसमेत सञ्चालन गर्दै आएका उनी लोकप्रिय स्वास्थ्यकर्मी रहेका थिए । स्थानीय ठाउँमा नेपाल डाक्टरका नामले परिचित उनी लामो समयदेखि गोलधाप, चकचकी, बिर्तामोड १० लगायतका क्षेत्रमा अनवरत स्वास्थ्य सेवा दिँदै आइरहेका थिए ।

सम्बन्धित समाचार