२०८३ बैशाख १९ गते , शनिबार

थपिए ३९१५ कोरोना संक्रमित, २७ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २९ गते , शुक्रबार
थपिए ३९१५ कोरोना संक्रमित, २७ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घन्टामा ३ हजार ९ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको पछिल्लो विवरण अनुसार ११ हजार ७ सय ८ जनाको पिसिआर गर्दा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ जना को एन्टिजेन परिक्षण गर्दा १ हजार १ सय ५२ जना गरी ३ हजार ९ सय १५ जना संक्रमित भेटिएका हुन्। यस्तै, आज २७ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने  २ हजार १ सय १८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन। हाल देशभर ३८ हजार ७ सय ९८ जना संक्रिय संक्रमित रहेका छ।


 

सम्बन्धित समाचार