२०८३ बैशाख १९ गते , शनिबार

थपिए २६२४ नयाँ कोरोना संक्रमित, २० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३० गते , शनिबार
थपिए २६२४ नयाँ कोरोना संक्रमित, २० जनाको मृत्यु
काठमाडौँ । शनिवार २ हजार ६ सय २४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार १३ हजार ५ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६ सय २४ जना संक्रमित भेटिएका हुन्।

यस्तै आज २० जना सङ्क्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय २० जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। पछिल्लो विवरण अनुसार हाल देशभर ३९ हजार ४ सय ५ जना सक्रिय संक्रमित रहेका छन्। सङ्क्रमितमध्ये ३६ हजार भन्दा बढी घरमा तथा ३ हजार चार सय भन्दा बढी संस्थागत आइसोलेसनमा छन्। अहिले ७६० जना देशभरिका विभिन्न अस्पतालका आइसियुमा र १८६ जना भेन्टिलेटरमा छन्। हाल कुल परीक्षणको १९.३३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार