२०८३ बैशाख ३१ गते , विहीबार

झापामा २९ सय १४ जनाले दिए उम्मेदवार, कुन पालिकामा कति ?

sajilo news
झापा
२०७९ बैशाख १३ गते , मंगलबार
झापामा २९ सय १४ जनाले दिए उम्मेदवार, कुन पालिकामा कति ?

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि झापामा २ हजार ९ सय १४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्  जिल्ला निर्वाचन कार्यालयका अनुसार सोमबारसम्म त्यति जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लाका १५ वटा पालिकामा प्रमुख वा अध्यक्षमा १३० , उपप्रमुख वा उपाध्यक्ष १०९ , वडाध्यक्ष ६७६ , महिला सदस्य ५०० , दलित महिला सदस्य ४२१ र खुल्ला सदस्य १०७८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार