२०८३ बैशाख ३१ गते , विहीबार

पार्टी परित्याग गरेका भद्रपुरका १७ नेता तथा कार्यकर्ता पुनः माओवादीमा फर्किए (विज्ञप्तिसहित)

sajilo news
झापा
२०७९ बैशाख २३ गते , शुक्रबार
पार्टी परित्याग गरेका भद्रपुरका १७ नेता तथा कार्यकर्ता पुनः माओवादीमा फर्किए (विज्ञप्तिसहित)

उम्मेदवारको विषयमा असन्तुष्ट जनाउँदै नेकपा (माओवादी केन्द्र) परित्याग गरेका प्रदेश सदस्य र नगर इन्चार्जसहित १७ जना पुनः पार्टीमा फर्किएका छन् । उनीहरूले शुक्रबार भद्रपुरमा पत्रकार सम्मेलन गरी पार्टीमा फर्किएको हस्ताक्षरसहितको विज्ञप्ति निकालेका छन् । 

प्रदेश सदस्य मिरा अधिकारी सन्जेल, नगर इन्चार्ज नरेश सन्जेल, भरतसिंह राजवंशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, विष्णुबहादुर राई, गङ्गाप्रसाद सन्जेल, कृष्णबहादुर तामाङ, योगराज अधिकारी, शिवराज घिमिरे, लक्ष्मण जमरकट्टेल, अरबिन्द्र अधिकारी, खद्रप्रसाद निरौला, मोतनन्दन निरौला, चन्द्रबहादुर तामाङ, रञ्जित राई र घनश्याम खनाल पुनः पार्टीमा फर्कँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पुरानै जिम्मेवारीमा लाग्ने विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा नगर इन्चार्ज सन्जेलले भने, 'हामीले पार्टी परित्याग गरेको निर्णयले पार्टीभित्र तरङ्ग फैलिएको थियो । पार्टीका केन्द्रीय र जिल्लास्तरीय नेताबिच भएको पटक पटकको छलफलले हामीलाई पुनर्विचार गर्न बाध्य बनायो ।'   

भद्रपुरमा स्थानीय तह निर्वाचनमा तीन दलीय गठबन्धनबिच भएको सहमति अनुसार माओवादी केन्द्रलाई उपमेयर दिएको हो ।  उपमेयरमा माओवादीका नगर अध्यक्ष शिवकुमार राजभण्डारीलाई टिकट दिएको प्रति असन्तुष्ट जनाउँदै उनीहरूले पार्टी परित्याग गरेका थिए । 

 

सम्बन्धित समाचार