२०८३ बैशाख ३१ गते , विहीबार

झापामा आचारसंहिता उल्लङ्घन गर्ने ८ जना उम्मेदवारविरुद्ध उजुरी

sajilo news
झापा
२०७९ बैशाख २६ गते , सोमबार
झापामा आचारसंहिता उल्लङ्घन गर्ने ८ जना उम्मेदवारविरुद्ध उजुरी

झापामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दलका उम्मेदवारविरुद्ध ८ वटा उजुरी परेको छ । एउटा लिखित र ७ वटा मौखिक उजुरी परेको हो । इमेलबाट एउटा लिखित र ७ वटा मौखिक उजुरी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दमक क्षेत्रमा बिजुलीको पोलमा पार्टीको झन्डा टांग्नेलगायतका आचारसंहिता विपरित कार्य गर्ने दलका उम्मेदवारविरुद्ध उजुरी परेको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए । उनले उजुरी परेपछि आचारसंहिता अनुगमन समितिको बैठक राखेर पोलमा टाँगिएका झन्डा प्रहरीद्वारा निकाल्न लगाइएको जानकारी दिए । दलका उम्मेदवारविरुद्ध उजुरी परे पनि जिल्लाका कुनै पनि सञ्चारमाध्यम र संचारकर्मीविरुद्ध उजुरी नपरेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार