२०८३ बैशाख ३१ गते , विहीबार

झापाका मतदान केन्द्रहरूमा सम्पूर्ण तयारी पूरा (फोटो फिचरसहित)

sajilo news
पार्थ मण्डल
२०७९ बैशाख २९ गते , विहीबार
झापाका मतदान केन्द्रहरूमा सम्पूर्ण तयारी पूरा (फोटो फिचरसहित)

भोलि शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनको मतदानका लागि झापामा सम्पूर्ण तयारी पूरा भएको छ ।  जिल्लाका २८६ मतदान स्थलमा रहेका ७५५ मतदान केन्द्रमा लगभग मतदानको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए । 
मतदान स्थलहरूमा तैनाथ सुरक्षाकर्मी र खटाइएका कर्मचारीहरूले मतदान गर्ने केन्द्रहरू लगभग तयार गरिसकेका छन् । पानी पर्ने सम्भावनालाई मध्यनजर गरी प्रत्येक मतदान केन्द्रहरूमा त्रिपालको व्यवस्था मिलाइएको उनले बताए । 
झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । १० प्रतिशत जगेडासहित करिब ७ लाख मतपत्र झापा ल्याइएको छ । 

निर्वाचनका लागि झापामा ७ सय ५५ जना मतदान अधिकृत, ७ सय ५५ जना नै सहायक मतदान अधिकृत, १५ सय ६ जना सहायक कर्मचारी ७ सय ५६ जना कार्यालय सहयोगी र दुई हजार चार सय स्वयंसेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

यता निर्वाचनको सुरक्षार्थको लागि नेपाल प्रहरीका एक हजार ९ सय, सशस्त्र प्रहरीका ७ सय ५५, म्यादी प्रहरी दुई हजार ९ सय १६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८ सय खटिएका छन् । साथै जिल्लाका १५ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल निर्माण गरिएको छ । मतगणना स्थलहरूमा तार जालीसँगै सिसी क्यामेरा लगाएर व्यवस्थित बनाइएको छ । ६५८ विभिन्न पदका लागि जिल्लामा २७८५ जनाले उम्मेदवारी दिएका छन् । 

सम्बन्धित समाचार