२०८३ बैशाख ३१ गते , विहीबार
राप्रपा अध्यक्ष लिङदेनले गरे मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मतदान गरेका छन् । अध्यक्ष लिङदेनले हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान केन्द्रमा आज बिहान ८ बजेर ४५ मिनेटमा मतदान गरेका हुन् ।
उनको मतदाता सिरियल नम्बर १२४२ र मतदाता नम्बर २७७८१८१ रहेको छ । मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लिङदेनले यस निर्वाचनले देशभर राप्रपाले उत्साहजनक मत परिणाम प्राप्त गर्ने बताए । देशको राजनीतिमा राप्रपा बलियो पार्टीको रुपमा उदय र विकास भइरहेको बताउँदै उनले भने, ‘जिल्लाका १५ वटा पालिकामा अघिल्लो निर्वाचन भन्दा राम्रो परिणाम आउनेमा म विश्वस्त छु ।’ हल्दिबारी गाउँपालिकामा राप्रपाबाट अध्यक्षमा उनका भाइ रवीन्द्र लिङदेन उठेका छन् ।