२०८३ बैशाख ३१ गते , विहीबार
हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाको अग्रता, उपाध्यक्षमा एमाले
झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम राखेको छ । ८४३ मत गणना हुँदा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले ३७१ मत ल्याउँदै ५८ मतको अग्रता लिएका हुन्।
दोस्रोमा एमालेका डम्बर बहादुर गिरी रहेका छन्। जसको मत ३१३ रहेको छ। त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले ७६ तथा माओवादीका भवानी प्रसाद दंगालले २७ मत ल्याएका छन्।
उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमले अग्रता कायम राखेकी छिन् । गौतमले ३०१ मत ल्याएकी छिन् । राप्रपाका लक्ष्मी देवी मैनालीको २७४ स्वतन्त्र उम्मेद्वार लखन हेमरमको १०८ तथा माओवादीका टिका देवी राउतको ३९ मत रहेको छ।