२०८३ बैशाख ३१ गते , विहीबार
बिर्तामोड नगरपालिकाको मतगणना दिउँसो ३ बजेदेखि सुचारु गर्ने सहमति
झापा । गएरातिदेखि स्थगित भएको बिर्तामोड नगरपालिकाको मतगणना आइतबार दिउँसो ३ बजेदेखि सुचारु हुने भएको छ । निर्वाचन कार्यालय झापाका प्रमुख चढ्ने गाडीमा नमुना मतपत्र भेटिएको भन्दै काँग्रेस माओवादी गठबन्धनका कार्यकर्ताहरू विरोधमा उत्रिएका थिए । कार्यकर्ताहरू विरोधमा उत्रिएपछि शनिवार राती १२ बजेदेखि मतगणना रोकिएको थियो ।
मतगणना रोकिएपछि आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेका थिए । बैठकमा मतगणना स्थलमा कर्मचारी थपिनुका साथै सङ्घीय सरकारका कर्मचारी राख्नु पर्ने दलहरूसँग सहमति भएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । बिर्तामोडमा वडा नम्बर १ को मतगणना हुँदै गर्दा विवाद सृजना भएको थियो ।