२०८३ बैशाख ३१ गते , विहीबार

कनकाई- ६ को वडा अध्यक्षमा एमालेका थापा निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १ गते , आईतबार
कनकाई- ६ को वडा अध्यक्षमा एमालेका थापा निर्वाचित

झापा । कनकाई नगरपालिका- ६ को वडा अध्यक्षसहित तीन सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । जेब्रा चिन्ह भएका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीलाई ६८ मतान्तरले हराउँदै  एमालेका उम्मेदवार दीर्घ बहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ५०८ र ओलीले ४४० मत ल्याएका छन् ।

त्यस्तै माओवादी केन्द्रका रेवतबहादुर रेग्मीले २९४ मत ल्याए । त्यस्तै वडा सदस्यतर्फ एमालेका सन्तोष सोरेन, कुमारी द्रोपदा गौतम र कल्पना विश्वकर्मा निर्वाचित भएका छन् । वडा सदस्यमा काँग्रेसबाट अर्जुनकुमार राजवंशी निर्वाचित भएका छन् । 

सम्बन्धित समाचार