२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुर नगरपालिका- ३ को वडा अध्यक्षमा राप्रपा अगाडि, प्रमुख पदमा गठबन्धनको अग्रता

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ १ गते , आईतबार
भद्रपुर नगरपालिका- ३ को वडा अध्यक्षमा राप्रपा अगाडि, प्रमुख पदमा गठबन्धनको अग्रता

भद्रपुर नगरपालिका- ३ मा राप्रपाले मतान्तर बढाउँदै लगेको छ । नगरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार वडा- ३ को वडा अध्यक्षमा राप्रपाबाट उम्मेदवार बनेका हेमबहादुर कार्की ७१२ मत ल्याउँदै वडा अध्यक्षमा अगाडि रहेका छन् । एमालेका कमला थुलुङ ५३४ र गठबन्धनबाट काँग्रेसका सम्सेर तामाङ ५४६ मत ल्याएर पन्छाइरहेका छन् । त्यस्तै

नगरको मेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट गठबन्धनका गणेश पोखरेल २९४१ मत ल्याएर अग्रता कायम राखेका छन् । एमालेका असारु राजवंशी २२९६ र राप्रपाका नवराज पनेरु २१८२ मत ल्याएका छन् । 

नगरको उपमेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राज भण्डारी २६४७ मत ल्याई अगाडि रहेका छन् । एमालेकी कौशिल्या अधिकारी २१८९ र राप्रपाकी राधा कार्की २३४१ मत ल्याएकी छिन् । राप्रपाका कार्कीले यसै वडाबाट आफ्नो मतान्तर बढाउँदै लगेकी छिन् । 

सम्बन्धित समाचार