२०८३ बैशाख ३१ गते , विहीबार

शिवसताक्षी नगरपालिकामा मतगणना रोकियो, मतगणना स्थलबाहिर नाराबाजी

sajilo news
झापा
२०७९ जेष्ठ १ गते , आईतबार
शिवसताक्षी नगरपालिकामा मतगणना रोकियो, मतगणना स्थलबाहिर नाराबाजी

झापाको शिवसताक्षी नगरपालिकामा मतगणना प्रभावित बनेको छ । निकटतम प्रतिस्पर्धी रहेका राजनीतिक दलका प्रतिनिधिहरूले मतपत्र हराएको भन्दै मतगणना स्थलबाहिर नाराबाजी गरेपछि शिवसताक्षीमा मतगणना स्थगन भएको हो । 
घटना विवरण अनुसार शिवसताक्षी- १ मा ३०८२ मत खसेको विपक्षी दलको दाबी छ  । वडा १ को मत परिणाम दिउँसो सार्वजनिक भइसकेको छ । वडा १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चेम्जोङ्गसहित प्यानल नै निर्वाचित भइसकेका छन् । निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालय प्रमाणपत्र पनि वितरण गरिसकेको छ । अहिले आएर विपक्षी दलले वडामा ३०८२ मत खसेको थियो । ३०२८ मत मात्र गणना भयो । ५४ मत कहाँ गयो भन्दै खोजी गर्न थालेपछि मतगणना स्थलमा लफडा भएको हो । यता निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत बद्री दाहालले मतदान केन्द्रबाटै मुचुल्का गल्ती उठाएको प्रतिक्रिया दिएको स्थानीय पत्रकार विनोद सापकोटाले जानकारी दिए । 'मतदान अधिकृतले ३०२८ मुचुल्कामा उठाउनु पर्नेमा ३०८२ अर्थात् उल्टो अङ्क लेख्दा विवाद सृजना भयो,' उनले भने । मतपेटिकाभित्र ३०२८ मत नै रहेको उनको दाबी छ । 
मतगणना स्थलबाहिर विपक्षीले नाराबाजी गरिरहेका छन्, भने निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रबाट बुझेका कागजात केलाइरहेको जानकारी प्राप्त भएको छ ।  

सम्बन्धित समाचार