२०८३ बैशाख ३१ गते , विहीबार

झापामा काँग्रेस ९ र एमाले ७ वडामा निर्वाचित, राप्रपा र नेकपा एसलाई एक–एक 

sajilo news
झापा
२०७९ जेष्ठ १ गते , आईतबार
झापामा काँग्रेस ९ र एमाले ७ वडामा निर्वाचित, राप्रपा र नेकपा एसलाई एक–एक 

झापाका १३१ मध्ये १८ वटा वडाको अन्तिम मत परिणाम आएको छ । त्यसमा नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ७ स्थानमा वडाध्यक्ष जितेका छन् । त्यस्तै राप्रपा र नेकपा एसले एक–एक वडा जितेका छन् । कचनकवल गाउँपालिका –१ मा काँग्रेसका महावीर लिम्बु ९ रञ्जित ० विजयी भएका छन् । उनले १४४२ मत प्राप्त गरेर राप्रपा उम्मेदवारलाई हराएका हुन् । कचनकवल २ मा एमालेका लेखनाथ खत्री ७८० मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाका हरिनारायण चौहानले ६८५ मत पाएका छन् ।

त्यसैगरी कमल गाउँपालिका – १ मा काँग्रेस उम्मेदवार केदार कटुवाल विजयी भएका छन् । उनले १७८६ मत ल्याएर एमाले उम्मेदवार श्यामबहादुर कार्कीलाई हराएका हुन् । त्यस्तै कमल २ मा नेकपा एकीकृत समाजवादीका अशोक सुब्बा १८६० मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका धनबहादुर बस्नेतले १०३७ मत पाएका छन् । बाह्रदशी गाउँपालिका –१ मा काँग्रेस उम्मेदवार टेकबहादुर राजवंशी विजयी भएका छन् । उनले ५७९ मत ल्याएर एमाले उम्मेदवार शम्भुसिंह राजवंशीलाई पराजित गरेका हुन् । विजेता राजवंशी अमृत मावि भागुडुब्बाका पूर्वप्रधानाध्यापक हुन् ।पराजित राजवंशी निवर्तमान वडाध्यक्ष हुन् ।

त्यस्तै बाह्रदशी २ मा पनि कांग्रेसले वडाध्यक्ष जितेको छ । भीमबहादुर कार्की १३३९ मतसहित विजयी हुँदा एमालेका यादव मिश्रले १०८१ मत पाएका छन् । दमक नगरपालिका–१ मा एमाले उम्मेदवार हरि न्यौपाने विजयी भएका छन् । उनले राप्रपाका उम्मेदवार तारा अधिकारीलाई हराएका हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा अधिकारीले न्यौपानेलाई सात मतले हराएका थिए । यस पटक न्यौपानेले अधिकारीलाई ६३ मतले हराएका हुन् ।

त्यस्तै दमक १० मा काँग्रेसका राजेन्द्रप्रसाद भण्डारी विजयी भएका छन् । उनले एमालेका बोधराज न्यौपानेलाई पराजित गरेका हुन् । भण्डारीले १५६३ र न्यौपानेले १३८३ मत पाएका छन् । त्यसैगरी भद्रपुर नगरपालिका –१ मा रामप्रसाद अधिकारी विजयी भएका छन् । उनले ६६३ मत ल्याएर राप्रपा उम्मेदवार दलबहादुर लिम्बूलाई हराएका हुन् । लिम्बूले ७०५ मत ल्याएका छन् । शिवसताक्षी नगरपालिका – १ एमाले उम्मेदवार लक्ष्मीप्रसाद चेम्जोङले माओवादी उम्मेदवारलाई हराएका हुन् । उनले ९४८ मत प्राप्त गरेका छन् । माओवादीका दुर्गाप्रसाद नेम्बाङले ९२० मत पाएका छन् । त्यस्तै झापा गाउँपालिका १ मा काँग्रेसका राजकुमार यादव ८१७ मतले विजयी हुँदा अर्जुनधारा १ मा काँग्रेसकै उपेन्द्र बस्नेत १५९४ मतसहित निर्वाचित भएका छन् ।

त्यस्तै गौरादह १ मा एमालेका नगेन्द्र भण्डारी १९९३ मतसहित विजयी भएका छन् । त्यस्तै कनकाई ६ मा एमालेका दीर्घबहादुर थापा ५०८ , वडा नं ८ मा काँग्रेसका लीलाबहादुर कटुवाल ९१८ र वडा नं ९ मा एमालेका राजेन्द्रप्रसाद उप्रेती १०९८ मतसहित विजयी भएका छन् । त्यस्तै हल्दिवारी १ मा राप्रपाका देवीबहादुर थापा १९६८ मतसहित विजयी भएका छन् । उनले एमालेका त्रिलोचन सापकोटालाई हराएका हुन् ।

सम्बन्धित समाचार