२०८३ बैशाख ३१ गते , विहीबार
बिर्तामोड- १ मा एमालेको प्यानल विजयी
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा (एमाले)को प्यानल निर्वाचित भएको छ । एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका अग्निप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले काँग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका बलराम कार्कीलाई २४६ मतान्तरले पराजित गरेका छन् ।
पाण्डेले १४६९ मत ल्याउँदा कार्कीले १२२३ मत ल्याएका छन् । कार्की बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । त्यस्तै वडा सदस्यहरूमा एमालेका योगचन्द्र आङवुहाङ्ग, टेक बहादुर अधिकारी, यमुना देवी आचार्य र कमला महरा दर्जी निर्वाचित भएका छन् ।