२०८३ बैशाख ३१ गते , विहीबार

बुद्धशान्ति गाउँपालिका- १ मा वडा अध्यक्षसहित एमालेको प्यानल निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ २ गते , सोमबार
बुद्धशान्ति गाउँपालिका- १ मा वडा अध्यक्षसहित एमालेको प्यानल निर्वाचित

झापा । बुद्धशान्ति गाउँपालिका १ मा नेकपा ९एमाले०ले वडा अध्यक्षसहित प्यानल नै जितेको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमन्त बराललाई ६९३ मतान्तरलाई हराउँदै एमालेका अनिल वाग्ले वडा अध्यक्षमा विजयी भएका हुन् । वाग्ले २०४३ मत र बरालले १३५० मत प्राप्त गरेका छन् ।  

त्यस्तै राप्रपाका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष निर्वाचित वाग्ले पत्रकारसँगै युवा उद्यमी पनि हुन् । उनी बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्ध शान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादक हुन् । त्यस्तै एमालेबाटै महिला सदस्यमा तुलसा खतिवडा रेग्मी १७२२, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा १६५९ , खुल्ला सदस्यमा मोहनकुमार राई १३६० र लक्ष्मीप्रसाद कँडेल १४२१ मतसहित विजयी भएका छन् ।

सम्बन्धित समाचार