२०८३ बैशाख ३१ गते , विहीबार

गौरादह नगरपालिका- २ मा गठबन्धनबाट काँग्रेसको प्यानल निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ २ गते , सोमबार
गौरादह नगरपालिका- २ मा गठबन्धनबाट काँग्रेसको प्यानल निर्वाचित

झापा । गौरादह नगरपालिका वडा नम्बर २ मा गठबन्धनबाट नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ ।  वडा अध्यक्षमा काँग्रेसबाट गोपाल प्रसाद कोइरालासहित प्यानल निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल्लीराम काफ्लेलाई ७० मतान्तरले पछि पार्दै कोइराला वडा अध्यक्ष जितेका हुन् । कोइरालाले १०६८ र काफ्लेले ९९८ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा गठबन्धनबाटै काँग्रेसका शङ्कर प्रसाद कट्टेल १०३०, उत्तम बहादुर बस्नेत ९५६, विमला बास्तोला १०६२ र अम्बिका बर्देवा १०६५ मत ल्याएर निर्वाचित भएका छन् । 

 

सम्बन्धित समाचार