२०८३ बैशाख ३१ गते , विहीबार

अर्जुनधारा- २ को वडा अध्यक्ष काँग्रेसले जित्यो, सदस्यहरू एमाले

sajilo news
झापा
२०७९ जेष्ठ २ गते , सोमबार
अर्जुनधारा- २ को वडा अध्यक्ष काँग्रेसले जित्यो, सदस्यहरू एमाले

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका नरेन्द्रकुमार श्रेष्ठले वडा अध्यक्षमा जितेका छन् । वडाको सबै सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । 

नेकपा एमालेका तुलसीप्रसाद खतिवडालाई २८२ मतान्तरले पराजित गर्दै काँग्रेसका श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले १५०८ मत ल्याउँदा खतिवडाले १२२६ मत ल्याए । त्यस्तै वडाको खुला सदस्यमा एमालेका बलबहादुर समाल मगर ११०४ , प्रेमबहादुर उपरकोटी १०४८, महिला सदस्यमा शर्मिला सुब्बा ११४९ र दलित महिला सदस्यमा विमला रोक्का १२७६ मत ल्याएर विजयी भएका छन् । 

सम्बन्धित समाचार