२०८३ बैशाख ३१ गते , विहीबार
चुलाचुली गाउँपालिकाको अध्यक्षमा काँग्रेसका राजेन्द्र केरुङ निर्वाचित
झापा । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । उनी ६ हजार ६ सय ५० मत ल्याएर निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेकपा एमालेका ओमनारायण खनालले तीन हजार ७५५ मत र एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत पाएका छन् । उपाध्यक्षमा नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन् । उनले ४४५० मत प्राप्त गरिन् ।