२०८३ बैशाख ३१ गते , विहीबार
गठबन्धनलाई पराजित गर्दै दमक- ९ मा एमालेको प्यानल विजयी
गठबन्धनलाई पराजित गर्दै झापाको दमक नगरपालिका- ९ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । काँग्रेस, माओवादी र राप्रपा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका दमकमा माओवादीका उम्मेदवार नगेन्द्रबहादुर घोर्साइलाई पराजित गर्दै एमालेका एमालेका कुबेरप्रसाद भट्टराई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टराई २१७२ मत ल्याउँदा घोर्साइले १५३७ मत प्राप्त गरे । त्यस्तै वडा सदस्यमा एमालेका नरेशकुमार सुनुवार १८५१ , नरेश बन्जरा १७९६ , महिला सदस्यमा लक्ष्मीदेवी बराल २१६१ र दलित महिला सदस्यमा रिना विश्वकर्मा २१०७ मत ल्याएर निर्वाचित भएका छन् ।