२०८३ बैशाख ३१ गते , विहीबार

बिर्तामोड- २ मा एमालेको प्यानल विजयी

sajilo news
झापा
२०७९ जेष्ठ ३ गते , मंगलबार
बिर्तामोड- २ मा एमालेको प्यानल विजयी

बिर्तामोड नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । राप्रपाका शङ्करप्रसाद रिजाललाई पराजित गरी एमालेका किशोरकुमार पौडेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले २०२१ मत ल्याउँदा रिजालले १३६२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका धर्मराज लक्सम्बाले १२३० मत ल्याएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा एमालेका ओमनाथ गौतम १८२५ , चेतन बिमली १८४७ , महिला सदस्यमा तिला गौतम २०८१ र दलित महिला सदस्यमा शर्मिला त्रिखत्री २०२९ मत ल्याई विजयी भएका छन् । यसअघि एमालेले बिर्तामोड १ मा प्यानलै जितिसकेको छ ।

सम्बन्धित समाचार