२०८३ बैशाख ३१ गते , विहीबार

काँग्रेसको गढ तोड्दै हल्दिबारी- ४ मा राप्रपाको प्यानल विजयी

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ३ गते , मंगलबार
काँग्रेसको गढ तोड्दै हल्दिबारी- ४ मा राप्रपाको प्यानल विजयी

हल्दिबारी  । हल्दिबारी गाउँपालिका वडा नम्बर- ४ मा राप्रपाको प्यानल विजयी भएको छ । निवर्तमान वडा अध्यक्ष नेपाली काँग्रेसका होम प्रसाद चुडाललाई हराउँदै राप्रपाका सन्त कुमार थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन ।

थापाले सापकोटालाई २७४ मतान्तरले हराएका हुन् । थापाले १०७२ र चुडालले ७९८ मत ल्याएका छन् । चुँडाल भन्दा एमालेका रञ्जित मेचेले बढी मत ल्याए । मेचेले ८१६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट तारा ढकाल, सुरेन्द्र वाह्रकोर्टी, भगिरथा दाहाल र शान्ता देवी विश्वकर्मा निर्वाचित भएका छन् । यसअघि राप्रपाले १ नम्बर वडामा पनि प्यानल जितिसकेको छ । 

सम्बन्धित समाचार