२०८३ बैशाख ३१ गते , विहीबार
कचनकवल गाउँपालिका- ६ मा पनि काँग्रेसले प्यानल जित्यो
नेपाली काँग्रेसले कचनकवल गाउँपालिकामा फेरि वडामा प्यानल जितेको छ । काँग्रेसले कचनकवल ६ बनियानी बजार रहेको वडा जितेको हो । नेकपा एमालेका निवर्तमान वडा अध्यक्ष कुल बहादुर कार्कीलाई ३८५ मतान्तरलाई हराउँदै काँग्रेसका चिन्तामणि खरेल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । खरेलले १३२४ मत ल्याउँदा कार्कीले ९३९ मत ल्याएका छन् ।
त्यस्तै वडा अध्यक्षका उम्मेदवार राप्रपाका हृदय नारायण सिंह राजवंशी ७७९, माओवादी केन्द्रका हरि बस्नेत २४५, स्वतन्त्र उम्मेदवार निश्चल दाहाल १०७ र लोकतान्त्रिक समाजवादी पार्टीका टीकालाल राजवंशी ८८ मत प्राप्त गरे । त्यस्तै वडा सदस्यमा काँग्रेसका टेनेस राजवंशी १२७१, लालबाबु मिया १२२४, महिला सदस्य वविता काफ्ले १३८६ र गुलाफी माझी हरिजन १३९१ मत ल्याएर विजयी भएका छन् ।