२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुरमा गठबन्धनलाई पछि पार्दै उपमेयरमा राप्रपाकी कार्कीले लिइन् अग्रता, ७ नम्बर वडा अध्यक्षमा पनि राप्रपा

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ३ गते , मंगलबार
भद्रपुरमा गठबन्धनलाई पछि पार्दै उपमेयरमा राप्रपाकी कार्कीले लिइन् अग्रता, ७ नम्बर वडा अध्यक्षमा पनि राप्रपा

झापा । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै भद्रपुर नगरपालिकाको उपमेयरमा राप्रपाकी राधा कार्कीले अग्रता लिएकी छिन् । कार्कीले उपमेयरका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ८ मतले अग्रता लिएकी छिन् । काँग्रेस, एकीकृत समाजवादीसँग गठबन्धन गरेर माओवादीका राजभण्डारी उपमेयरमा उठेका छन् ।

कार्कीले ६४९४ र राजभण्डारीले ६४८६ मत ल्याएका छन् । वडा १ देखि ६ नम्बर वडाको गणना हुँदासम्म गठबन्धनका राजभण्डारी अगाडि थिए । ७ नम्बरको गणनापछि उनी पछि परे । त्यस्तै ७ नम्बर वडामा राप्रपाका अभिषेक ढुङ्गाना वडा अध्यक्षमा अगाडि छन् । उनले ११०१ मत ल्याएका छन् । एमालेका पोषराज पौडेल ९७२ र गठबन्धनबाट माओवादीका पुष्पालाल राजवंशी ७५२ मत ल्याएका छन् । वडा सदस्यहरूमा भने एमालेको अग्रता रहेको छ । ७ नम्बरको मतगणना जारी छ । 

 

सम्बन्धित समाचार