२०८३ बैशाख ३१ गते , विहीबार

बिर्तामोड- १० को वडाध्यक्षमा काँग्रेसका गुरुङ पुनः निर्वाचित

sajilo news
झापा
२०७९ जेष्ठ ३ गते , मंगलबार
बिर्तामोड- १० को वडाध्यक्षमा काँग्रेसका गुरुङ पुनः निर्वाचित

बिर्तामोड नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली काँग्रेसका दुर्योधन गुरुङ पुनः निर्वाचित भएका छन । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रिमानध्वज सुब्बालाई पराजित गरेका हुन् । गुरुङले १९९३ मत प्राप्त गर्दा सुब्बाले १५५९ मत प्राप्त गरेका छन् । विजयी गुरुङ निवर्तमान वडाध्यक्ष हुन् ।

त्यस्तै महिला सदस्य काँग्रेसकै धनमाया श्रेष्ठ ९१७१६०, दलित महिला सदस्य दीपिका सिवा ९१८५८० र वडा सदस्य पन्चधन राई ९१६९४० विजयी भएका छन् । एउटा वडा सदस्यमा राप्रपाका पृथीबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले १५६३ मत प्राप्त गरेका छन् । बिर्तामोड १० मा नेकपा एमालेले राप्रपासँग तालमेल गरेको थियो ।

सम्बन्धित समाचार