२०८३ बैशाख ३१ गते , विहीबार

रोङ गाउँपालिकाको अध्यक्षमा तामाङ र उपाध्यक्षमा भुजेल विजयी

sajilo news
इलाम
२०७९ जेष्ठ ३ गते , मंगलबार
रोङ गाउँपालिकाको अध्यक्षमा तामाङ र उपाध्यक्षमा भुजेल विजयी

रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो तामाङ (सुवास)  र उपाध्यक्षमा एमालेकी विष्णुमाया भुजेल विजयी भएका छन्।

सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्धन्धी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन्। त्यसैगरी, उपाध्यक्षमा विजयी भुजेलले ४६५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छिन्।

६ वटा वडा रहेको रोङ गाउँपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् भने २ वटा एमालेले जितेका छन्। वडा- १, ३ र ५ मा नेपाली कांग्रेसले वडा अध्यक्ष जितेको छ भने वडा- ४ र ६ एमालेले जितेको छ। वडा- २ मा भने स्वतन्त्र उम्मेदवार ले विजयी हात पारेका छन्।

सम्बन्धित समाचार